निर्मलाबारे राष्ट्रपतिको पहिलो अभिव्यक्ति : न्यायका लागि छटपटिएको देख्दा दु:खी छु

निर्मलाबारे राष्ट्रपतिको पहिलो अभिव्यक्ति : न्यायका लागि छटपटिएको देख्दा दु:खी छु

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दाय

रामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गरेकी छन् ।

‘ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा सङ्लग्नलाई कानूनी दायरामा ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्छ’, राष्ट्रपतिले भनिन् ।

राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् भएको बताइन् ।

उनले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी तुल्याएको चर्चा गर्दै यस दुःखद् घटनाप्रति परिवारजनमा सहानुभूति प्रकट गरिन् ।

राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार अन्त्य गर्न सकिने बताइन् ।

बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्ने उनले बताइन् । ‘कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्क हो’, उनले भनिन्, ‘यसलाई जरैदेखि उखलेर फाल्नुपर्छ ।’

आजका बालबालिका भोलिका सक्षम र योग्य नागरिक हुन्, उनीहरुको जन्मदेखि नै स्वास्थ्य एवं शिक्षामा सरकारको विशेष ध्यान जानुपर्ने उनको जोड थियो । यसवर्षको बाल दिवसको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल बालअधिकार सबैको सरोकार’ रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संविधानप्रदत्त बालबालिकाका अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक ऐन तयार गरी मन्त्रालयले संसदमा प्रस्तुत गरेको बताइन् ।

बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार तथा बलात्कारका घटना अन्त्य गर्न सामूहिक प्रयासको खाँचो उनले औँल्याइन् ।

Source annapurnapost

Share