मेसीको ह्याट्रिकमा बार्सिलोनाको प्रभावशाली जित

मेसीको ह्याट्रिकमा बार्सिलोनाको प्रभावशाली जित

एजेन्सी : स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको पहिलो खेलमा साजदार जित निकालेको छ । मंगलबार रातिदेखि सुरु भएको च्याम्पियन्स लिग फुटबलका  समूह चरणका खेलमा युरोपियन क्षेत्रका शीर्ष लिगमा खेल्ने क्लबबीचको खेल सुरु भएको हो।

मेसी कप्तानीमा रहेको बार्सिलोनाले समूह बी अन्तर्गतको आफ्नो पहिलो खेलमा नेदरल्याण्डसको क्लब पीएसभी एन्धोवेनमाथि ४–० को फराकिलो अन्तरको जित निकाल्न सफल भयो ।
घरेलु मैदान क्म्पनाउमा भएको खेलमा बार्सिलोनाको जितका लागि कप्तान मेसी ह्याट्रिक गरे । भने एक गोल डेम्बेलेले गरे ।

३१ औँ मिनेटमा मेसीले  फ्रिकिक गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाका लागि। ७४ औँ मिनेटमा डेम्बेलेले दोस्रो गोल गरी अग्रता दोब्बर बनाए । ७७ औँ मिनेटमा मेसीले दोस्रो र टोलीका लागि तेस्रो गोल गरे ।

७९ औँ मिनेटमा सामुएल उमटिटी दोहोरो पहेँलो कार्ड खाँदै  बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।  मेसी ले ८७ औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक गरे । यो ह्याट्रिक मेसीको खेल जीवनको ४८ औँ ह्याट्रिक हो । जितसँगै बार्सिलोना समूह बी  को शीर्ष स्थानमा रहन सफल भएको छ ।

मंलगबार नै भएको समूह बी को अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले इंग्लिस क्लब टोटनह्यामलाई पराजित गर्यो । इन्टर मिलानले टोटनह्यामलाई २–१ ले पराजित गरेको हो ।

Source annapurnapost

Share