ललितपुरमा मिनी टाटा दुर्घटना

ललितपुरमा मिनी टाटा दुर्घटना

ललितपुर : चापागाउँबाट लेलेतर्फ गइरहेको मिनीटाटा आइतबार बिहान टीकाभैरवको सल्लाडाडाँमा दुर्घटना भएको छ। बा १ ख 9347 नम्बरको गाडी सडकबाट करीब १ किलोमिटर तल खसी दुर्घटना भएको हो।

दुर्घटनामा चालक ठैब बस्ने 23 प्रविण देशार घाइते भएका छन् । देशारको दायातिरको कम्मरको हड्डी चर्कीएरको बताइएको छ।  उनको आनन्द बन अस्पतालमा म उपचार भइरहेको छ।

घाइते  सहचालक काभ्रेका 18 वर्षीया लोप्साङ तामाङ उपचारपछि अस्पताल बाट डिस्चार्ज भैसकेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार खिउजुले जानकारी दिए। मिनी टाटा ब्रेक फेल भएर सडकबाट खसी दुर्घटना भएको बताइएको छ। दुर्घटनामा परी मिनी टाटा क्षतिग्रस्त भएको छ ।

Source annapurnapost

Share