आलुको बोरामा भेटियो एक करोड १४ लाख,एक पक्राउ

आलुको बोरामा भेटियो एक करोड १४ लाख,एक पक्राउ

टीकापुर : कैलालीको भजनी नगरपालिका-३ मोरिया घाटबाट नेपाल ल्याउँदै गरेको भारतीय रुपैयाँ ७१ लाख ७९ हजार ३०० सहित एक जना पक्राउ परेका छन्। लम्कि चुहा नगरपालिका-१ लम्कीका ३२ वर्षीय कृष्णराज जैसी भारतीय रुपैयाँसहित पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल भजनीको टोलीले जैसीलाई नेपाल आउँदै गरेको बेला पक्राउ गरेको हो। से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र भारतीय रुपैयाँ ल्याउँदै गरेका जैसीलाई पक्राउ गरेको सशस्त्र प्रहरीका डीएसपी धिरेन्द्र शाहले बताए।

उनले बरामद भएको रकम इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको बताए। डीएसपी सिंहका अनुसार १ करोड १४ लाख ८६ हजार ८ सय ८० नेपाली रुपैयाँ पक्राउ गरिएको हो। पक्राउ परेका जैसी लम्किका व्यापारी हुन्।

Source annapurnapost

Share