प्रदेश सातको संसद भवन बाहिर टायर बालेर प्रदर्शन

प्रदेश सातको संसद भवन बाहिर टायर बालेर प्रदर्शन

नामकरण र राजधानीमा तीब्र असन्तुष्टि

धनगढी : प्रदेश नम्बर ७ को राजधानी र नामाकरणमा असहमति जनाउँदै धनगढीस्थित प्रदेश संसदको कार्यालय बाहिर सर्वसाधरणले प्रदर्शन गरेका छन् । नागरिक समाजको अगुवाइमा प्रदेश संसदको भवन रहेको स्थान बाहिरको सडकमा सर्वसाधरणले टायर बालेर प्रदर्शन गरेका हुन् ।

सांसद तारा लामा तामाङ नेतृत्वको संसदीय समितिले प्रदेश सातको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिकामा राख्न सिफारिस गरेपछि तीब्र असन्तुष्टि सुरु भएको छ ।

खास गरी धनगढीका स्थानीयले गोदवारीमा प्रदेश सातको राजधानी राख्ने निर्णयमा असन्तुष्टि जनाएका छन् । उनीहरुले संसदीय समितिको सिफारिस मान्न नसकिने जनाउँदै प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त भएको हो ।

बाहिर सडकमा प्रदर्शन भइरहँदा भित्र संसदमा भने प्रदेश सातको राजधानी र नामबारेमा छलफल भइरहेको छ । प्रदेश सातको नाम सुदूरपश्चिम राख्ने सिफारिस गरेर संसदीय समितिले पञ्चायतकालिन संरचनालाई नै निरन्तरता दिन खोजेको भन्दै त्यस प्रदेशका अधिकांश जिल्लाबाट असन्तुष्टिको स्वर चुलिएको छ ।

Source annapurnapost

Share