अपराधीलाई कारवाही गर्दा सरकार ढाल्ने षड्यन्त्रः गृहमन्त्री

अपराधीलाई कारवाही गर्दा सरकार ढाल्ने षड्यन्त्रः गृहमन्त्री

गुल्मी : बलात्कार, हत्या जस्ता जघन्य अपराधका दोषी पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला गृहमन्त्री रामबहादुर थापाले अपराधी र ठगलाई कारवाही गरेकै कारण सरकारलाई घेराबन्दी गर्ने काम भएको दावी गरेका छन्।

गृहजिल्ला गुल्मी आइपुगेका गृहमन्त्री थापाले अपराधी र ठगलाई कारवाही गरेकै कारण सरकारलाई घेराबन्दी भएको बताए। ‘सरकारले देशमा व्याप्त भ्रष्टचार, बलात्कार, तस्करी र ठगलाई नियन्त्रण गरी कारवाहीको दायरामा ल्याएकाले अपराधी जर्मुराएका हुन्,’ गृहमन्त्री थापाले भने, ‘यसैले पनि सरकार गिराउने ठूलो षड्यन्त्र र खेल हुँदैछ ।’

शान्ति स्थापनापछि औपचारिक कार्यक्रमका लागि पहिलो पटक गृहजिल्ला आएका थापाले तमघासमा विश्व मुटु दिवशको उपलक्ष्यमा  आयोजित कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन्।

विभिन्न खाले गतिविधिले अपराधीमाझ सरकार कडा रुपमा प्रस्तुत भएकै कारण सरकारलाई गिराउने षड्यन्त्र भइरहेको थापाको जिकिर थियो। शनिबार बिहान थापाको जन्मस्थल मुसिकोट नगरपालिका–४ बडागाउँस्थित दजाकोटमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन हेलिकप्टरमार्फत गृहमन्त्री थापा गुल्मी आइपुगेका हुन्।

कार्यक्रमको उद्घाटन गर्दे मन्त्री थापाले सम्मृद्ध नेपाल, सुखी नेपाली सरकारको नारामा स्वस्थ नेपाल नारा थप्नुपर्ने समेत बताए। विकास र समृद्धिले मात्र नेपालीको सुख हुने कुरा उनले दोहोर्‍याएका छन्।

Source annapurnapost

Share