नोवेल विजेता अर्थशास्त्रीसँग डा. भट्टराईको भेट

नोवेल विजेता अर्थशास्त्रीसँग डा. भट्टराईको भेट

काठमाडौं : अमेरिका भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अमेरिकी अर्थशास्त्री नोवेल पुरस्कार विजेता जोसेफ ई स्टिग्लिजसँग भेटेका छन् ।

बजार र राज्यको उचित भुमिका रहने नयाँ वैकल्पिक विकास नीति र नेपाल जस्तो अल्पविकसित देशको आर्थिक रुपान्तरणबारे गहन छलफल भएको भट्टराईले आफ्नो ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

नोवेल पुरस्कारविजेता अर्थशास्त्री तथा’नयाँ विकास अर्थशास्त्र’का प्रवर्तकJoseph E Stiglitzसंग Columbia Universityमा वजार र राज्यको उचित भूमिका रहने नयाँ वैकल्पिक विकास नीति र नेपाल जस्तो अल्पविकसित देशको आर्थिक रूपान्तरणवारे गहन छलफल भयो।वहाँ धेरैपटक नेपाल आएको सुन्दा खुशी लाग्यो ।

सन् २००१ को अर्थशास्त्र तर्फको नोवेल पुरस्कार जितेका स्टिग्लिज विश्वव्यापीकरणको व्यवस्थापनमाथि आलोचनात्मक धारणा राख्ने प्रखर विज्ञको रुपमा चिनिन्छन् । सन् २०११ मा टाइम म्यागजिनले सूचीकृत गरेका विश्वकै १ सय जना प्रभावशाली व्यक्तिमा परेका स्टिग्लिज थुप्रै पटक नेपाल भ्रमणमा आएका छन् ।

क्याम्ब्रिज र हावर्ड सहित ४० भन्दा बढी मानार्थ डिग्री पाएका स्टिग्लिज नयाँ विकास अर्थशास्त्रका प्रवर्तक मानिन्छन्।

Source annapurnapost

Share