प्रदेश लोगो चोरिएको भन्दै उजुरी

प्रदेश लोगो चोरिएको भन्दै उजुरी

पोखरा : गण्डकी प्रदेश सभाको लोगेको प्रतिस्पर्धामा आफूले पठाएको चित्रका अधिकांश भाग मिलेको प्रतीक चिन्ह् छनोट गरिएको भन्दै महेन्द्र उपाध्यायले उजुरी गरेका छन् ।

इमेलमा पठाएको लोगो सचिवालयकै कर्मचारी विनीत रानामगरले अधिकांश भाग हूबहू नक्कल गरी प्रतिस्पर्धामा भाग लिएको उनको आरोप छ । प्रदेश सभाले रानामगरले बनाएको प्रतीक चिन्हलाई प्रदेश सभाको लोगो छनोट गरेको छ । आफ्ना धेरैजसो कन्टेन्ट अहिले उत्कृष्ट घोषणा भएको लोगोसँग मिलेको महेन्द्रको दाबी छ ।

प्रदेश सभाका अनुसार ५ जनाले १२ लोगोमध्येबाट रानामगरको सर्वाेत्कृष्ट चयन गरिएको हो । महेन्द्रले गरेको उजुरीबारे प्रदेश सभाका पदाधिकारीले प्रतिक्रिया दिएका छैनन् । नेपालको नक्साभित्र जातजातिले भरिएको गण्डकी प्रदेश, गैंडा, हिमालको भाग, नदी, धानको भालाको कन्टेन्टहरु नक्कल गरेको महेन्द्रको दाबी छ ।

Source annapurnapost

Share