यात्रुले कोचाकोच बस पल्टियो, दुईको मृत्यु, ४५ जना घाइते

यात्रुले कोचाकोच बस पल्टियो, दुईको मृत्यु, ४५ जना घाइते

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको सूर्यगढी गाउँपाालिकामा शुक्रबार यात्रु बस दुर्घटना हुँदा दुई यात्रुको को ज्यान गएको छ ।

नुवाकोटकै समुद्रटारबाट बट्टारतर्फ जाँदै बा१ख६३५५६ नम्बरको यात्रु बस सूर्यगढी गाउँपालिका–५ बाह्रबीसेमा सडकबाट एक सय मिटर तल खस्दा यात्रुहरु पञ्चकन्या गाउँपालिका खप्रेसकी ३२ वर्षीय मीनु तामाङ र चितवनको मुग्लिङका ५७ वर्षीय बलराम तिवारीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक नरेश महतोका अनुसार घटनामा अरु ४५ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुमध्ये १० जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ भने अन्यको नुवाकोटमै उपचार भइरहेको छ  । साँघुरो सडकमा क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । 

Source annapurnapost

Share