जर्मनी फ्रान्ससँग फेरि पराजित

जर्मनी फ्रान्ससँग फेरि पराजित

काठमाडौं : सन् २०१४ को विश्व विजेता जर्मनीको ओरालो यात्रा जारी छ । गएराति जर्मनी रसिया विश्वकपको बिजेता फ्रान्ससँग २–१ ले पराजित भएको छ ।

युईएफए नेशन्स लिग अन्तर्गतको समूह चरणको अन्तिम खेलमा पराजित भएपछि जर्मनी रेलिगेसनमा परेको छ ।खेलको १४ औं मिनेटमा टोनी क्रुसले गोल गरेपछि अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा २ गोल खाएको हो ।

फ्रान्सलाई जिताउने क्रममा एट्लेटिको मड्रिडका फरवार्ड एन्टोइन ग्रिजम्यानले ६२ औँ मिनेटमा हेडबाट पहिलो गोल गरे । त्यसपछि ८२ मिनेटमा पेनाल्टीलाई सदुपयोग गर्दै जर्मनीलाई स्तब्ध बनाए ।

यो खेलसँगै ७ अंक बटुलेको फ्रान्स र ३ अंक बटुलेको नेदरल्यान्ड्स युईएफए नेशन्स लिग अन्तर्गत लिग ए समूह १ बाट प्ले अफमा पुगेका छन् भने १ अंक बटुलेको जर्मनी रेलिगेसनमा परेको छ ।

Source annapurnapost

Share