पिता भोजप्रसादको हातबाट बाबुरामले लगाए टीका

पिता भोजप्रसादको हातबाट बाबुरामले लगाए टीका

काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्ना पिता भोजप्रसाद भट्टराईका हातबाट दसैंको टीका ग्रहण गरेका छन्।

शुक्रबार बिहान शुभसाइतमा बाबुरामले ८९ वर्षीय पिता भोजप्रसादको हातबाट टीका लगाएर आर्शीवाद ग्रहण गरेका हुन् ।

पितासँग टीका ग्रहण गरेको तस्बिर बाबुरामले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । उनले तस्बिरसँगै पिताबाट टीका र आर्शीवाद लिएर परिवारजनसँग भेटघाट गर्न पाउँदा खुशी र गर्व अनुभूति भएको उल्लेख गरेका छन् ।

सँगै बाबुरामले दसैंलाई आफन्तजनसँग भेटघाट गर्ने र सुखदुःख साट्ने पर्वको रुपमा चर्चा गरेका छन् । उनले सबैमा सुख शान्ति र समृद्धि ल्याओस् भन्दै शुभकामना समेत दिएका छन्। 

Source annapurnapost

Share