नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, ४१ गम्भीर घाइते (अपडेट)

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, ४१ गम्भीर घाइते (अपडेट)

नवलपरासी : नवलपरासीमा बस दुर्घटना हुँदा ६  जनाको मृत्यु भएको छ। ४१ जना गम्भीर घाइते छन् । बसमा करिब ६० यात्रु सवार रहेको प्रहरीको अनुमान छ।

सुनसरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आइतबार बिहान करिब साढे पाँच बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पाँच यात्रुको घटनास्थलमै मृत्यु भएको हो । एकजनाको भने चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  मृतकको सनाखत भएको छैन । गम्भीर घाइते ४१ जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भइराखेको छ ।

प्रहरीका अनुसार बस सडकबाट अनियन्त्रित भएर २० मिटर तल खसेको छ  । अन्य सामान्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइराखेको छ ।

Source annapurnapost

Share