सन्दीपले पुर्‍याए पोखरा रंगशालामा आईसीसी विश्वकप ट्रफी

सन्दीपले पुर्‍याए पोखरा रंगशालामा आईसीसी विश्वकप ट्रफी

कास्की – आईसीसी विश्वकप ट्रफी टुरको कार्यक्रम आज पोखरामा सञ्चालन हुँदैछ ।

पोखरा प्रिमियर लिगको खेलस्थल पोखरा रंगशालामा यो विश्वकप ट्रफीलाई पुर्‍याइएको छ । नेपाली युवा बलर सन्दीप लामिछानेले मैदानमा ट्रफी लगेका हुन् ।

ट्रफी हिजो स्वयम्भूमा राखिएको थियो । पोखरा रंगशालामा केही समय प्रदर्शनीमा राखिने र त्यसपछि दिउँसो दुई बजे फेवा तालमा रहेको ताल बाराहीमा राखिने आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् ।

तीन महिनाभन्दा लामो विश्व भ्रमणमा रहेको ट्रफीलाई ओमान अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश भ्रमण गराइसकिएको छ । नेपालपछि ट्रफी भारत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै बेलायत लगिनेछ । यसबीचमा ट्रफीले २१ देशका ६० शहरको भ्रमण गर्नेछ ।

Source ujyaaloonline

Share