कपिल शर्माको विवाहमा १०० भन्दा धेरै खानाका परिकार

कपिल शर्माको विवाहमा १०० भन्दा धेरै खानाका परिकार

बलिउडमा अहिले विवाहको सिजन चलिरहेको छ । अभिनेत्री दीपिका पादुकोण र रणविर सिंह, प्रियंका चोपडा र निक जोनसको बिवाहको खबर चर्चामा रहेको बेला भारतिय कमेडियन कपिल शर्माको विवाहको खबर पनि आएको छ ।

लामो समयदेखि मिडिया तथा टेलिभिजनबाट टाढा रहदै आएका कपिल शर्मा पुनः टेलिभिजनमा उनको पुरानै चर्चित शो ‘द कपिल शर्मा शो’ मार्फत दर्शक माझ फर्कने तयारीमा रहेका छन ।

अर्को तर्फ उनी आफ्नो विवाहको तयारीमा समेत जुटिसकेका छन् । यसै वर्षको डिसेम्बर १२ मा पञ्जाबको जालन्धरमा हुन लागेको शर्माको विवाहमा कैयौं विशिष्ट पाहुनाहरु उपस्थित हुनेछन् ।

अहिले कपिल शर्माको सम्पूर्ण परिवार यसै  विवाहको तयारीमा जुटेको छ । यो विवाह जालन्धरमा रहेको कबाना रिसोर्टमा हुनेछ । रिसोर्टमा २ दिनसम्म विवाहको कार्यक्रम चल्नेछ ।

विवाहअघि मेहन्दी र संगीतको कार्यक्रम हुनेछ भने विवाहको रीतिरिवाज रातको समयमा सम्पन्न गरिनेछ । त्यसपछि रिसेप्शनको कार्यक्रमको आयोजना गरिनेछ ।

यि विशिष्ट पाहुना हुनेछन् उपस्थित

भारतीय सञ्चार माध्यमका अनुसार कपिल शर्माले आफ्नो विवाहमा बलिउड, राजनिति र खेल जगतका विशिष्ट व्यक्तिहरुलाई आमन्त्रित गर्नेछन ।
विवाहमा बलिउडका महानायक अमिताभ बच्चन, शाहरुख खान, अक्षय कुमार, दीपिका पादुकोण, रणबिर कपूर, अजय देवगण लगायतका कलाकारहरुलाई निमन्त्रणा पठाइनेछ ।

कपिलको विवाहमा करिब २०० भन्दा धेरैको संख्यामा विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् ।

खानामा गरिनेछ लाखौं रुयैयाँको खर्च

कपिल शर्माको विवाह शाही ढाँचामा हुनेछ । विवाहको सजावट र क्याटरिङ विशेष तरिकाले गरिनेछ । खबरहरुका अनुसार कपिल शर्माको विवाहमा खानाकै लागि २० लाख भन्दा धेरै रुपैयाँ खर्च गरिनेछ ।

विवाहमा उपस्थित पाहुनाहरुका लागि करीब १०० भन्दा धेरै खानाको परिकारहरु बनाइनेछ । खानामा पञ्जाबी परिकार पनि राखिनेछ ।

Source ujyaaloonline

Share