६१ अर्ब डलर सामाजिक काममा लगाउँदै मार्क जुकरबर्गकी पत्नी प्रिसिला

६१ अर्ब डलर सामाजिक काममा लगाउँदै मार्क जुकरबर्गकी पत्नी प्रिसिला

क्यालिफोर्निया : फेसबुकका सीईओ मार्क जुकरबर्गकी पत्नी प्रिसिला चानले नयाँ पिढीको शिक्षा र स्वास्थ्यमा ६१ अर्ब डलर लगानी गर्ने भएकी छन् ।

फेसबुकको बर्तमान सेयर मूल्यका हिसाबले यो जोडीको सम्पत्ति यस रकम भन्दा धेरै छ। जुकरबर्ग र चानले तीन वर्षअघि छोरीलार्इ जन्माएपछि आफ्नो ९९ प्रतिशत सम्पत्ति दान गर्ने घोषणा गरिसकेका छन् । अघिल्लो साल उनहीरूले चान-जु्करबर्ग फाउन्डेशनलार्इ १.९ अर्ब डलर दिएका थिए ।

चान-जकरबर्ग फाउन्डेशनकी संस्थापक प्रिसिला

चान-जुकरबर्ग फाउन्डेशन सन् २०१५ देखि बच्चाहरूमा समानतालार्इ बढावा दिन उनीहरूको शिक्षा-स्वास्थ्यमार काम गरिरहेको छ । यसलार्इ जुकरबर्गकी पत्नी प्रिसिला चान सम्हालिरहेकी छन् ।

नयाँ पिढीलार्इ रोगबाट जोगाउन र उनीहरूको उपचार गर्न प्रिसिला चानको एनजीओको मूख्य उद्धेश्य हो । वैज्ञानिक र शोधकर्तालार्इ सहयोग, प्रविधिसँग जोडिने सहयोग र लगानीमार्फत् चानको एनजीओ यो काम गरिरहेको छ। प्रिसिला स्वयम् पनि बालबालिकाकी डाक्टर हुन् ।

अमेरिकीले २०१७ मा ५ प्रतिशत दान

सन् २०१७ मा अमेरिकीहरूले सामाजिक कार्यका लागि कीर्तिमानी ४१० अर्ब डलर राशि दान गरेका छन् । यो सन् २०१६ को तुलनामा ५ प्रतिशत धेरै हो । दानको रकममा ७० प्रतिशत हिस्सा व्यक्तिग थियो ।

अमेरिकाको फाउन्डेशनको दान राशिमा अघिल्लो साल १६ प्रतिशत बढ्यो । मार्क जुकरबर्ग र प्रिसिला चानले चान जुकरबर्ग फाउन्डेशनलार्इ १.९ अर्ब डलर च्यारिटीमा दिए ।

एक बच्चीले बदलिन् प्रिसिलाको जीवन 

प्रिसिला चान भियतनामको शरणार्थी परिवारबाट थिइन् । परिवार र शिक्षकको सहयोगमा हार्वर्ड युनिभर्सिटीको छात्रवृत्तिका लागि उनी छानिएको थिइन् । अघिल्लो मिहना सीएनएनलार्इ अन्तर्वाता दिँदै चानले हार्वर्डमा अवसर मिलेपछि धेरै खुसी भएको सुनाएकी थिइन् । तर उनलार्इ भियतनामा धेरै दु:ख थियो, जुन कुराले उनी अमेरिकामा सफल हुन सक्ने नसक्ने ठुलो डर थियो ।

प्रिसिलाले हार्वर्डबाट अन्तै जाने निवेदन पनि दिइन् । तर एक घटनाले उनको जीवन नै बदलिदियो । चान त्यो बेला निम्न आय भएको परिवारको हितमा गरिने काममा जोडिएकी थिइन् ।

त्यसक्रममा चानलार्इ एउटी बालिका एक सातासम्म नदेखिएपछि चिन्ता बढेको थियो । एक दिन खेल मैदानमा ती बालिका भेटिइन् । उनका दाँत भाँचिएका थिए । यो देखेर चान धेरै दुखी भइन्, त्यही बेला उनलार्इ बालबालिकाकी डाक्टर बन्ने बिचार आएको थियो ।

Source annapurnapost

Share