दुर्घटनामा मालिकको मृत्यु, ८० दिनदेखि सडकमै कुरिरह्‍यो कुकुर

दुर्घटनामा मालिकको मृत्यु, ८० दिनदेखि सडकमै कुरिरह्‍यो कुकुर

एजेन्सी : एउटा कुकुरले सडक दुर्घटनामा ज्यान गुमाएका आफ्ना मालिक आउने आशमा ८० दिनसम्म दुर्घटनास्थलमै कुरिरहेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कुकुर जस्तो वफादार जानवर अरु कुनै हुन नसक्ने सन्देश चीनको एक कुकुरले फेरि पुष्टि गरेको छ। मालिकप्रति यो कुकुरले देखाएको माया र बफादारिता देखेर मानिसहरु स्तब्ध भएका छन् ।

यहाँ देखाइएको भिडियोमा एक कुकुर सडक किनारमा दैनिक आउँदै आफ्नो मालिकलाई कुरिरहेको देख्न सकिन्छ । तर उनका मालिक यो कुकुरलाई लिन कहिल्यै आएनन् किनकि उनी दुर्घटनामा मारिइसकेका थिए ।

२१ अगस्ट २०१८ मा एक सडक दुर्घटनामा उनका मालिकको मृत्यु भइसकेको थियो । तर यो कुकुर भने मालिकले दुर्घटनामा ज्यान गुमाएको सडकको किनारामै आएर उनलाई निरन्तर कुरिरह्यो ।

यो भिडियो चीनको भित्री मोंगोलियास्थित स्थित होह्होत भन्ने ठाउँको हो । यही ठाउँको सडकमा यो कुकुर ८० दिनदेखि मालिकको प्रतिक्षामा बस्दै आएको छ । यो सडकबाट जाने मानिसले यो कुकुरलाई हेरेर चकित हुन्छन् । कतिपयले यसलाई खानेकुरा पनि दिने गरेका छन् ।

भिडियो

Source annapurnapost
Share