धनगढीमा युवकको हत्या, हत्या आरोपमा एक पक्राउ

धनगढीमा युवकको हत्या, हत्या आरोपमा एक पक्राउ

धनगढी : धनगढीमा शुक्रबार राति एक युवकको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–४ उत्तर वेहडीस्थित प्रदेश प्रमुखको  कार्यालय छेउमा अन्दाजी २७ वर्षीय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरी वलीका अनुसार जानकारी दिएका छन् ।

घटना राति करिब ९ बजे तिर घटेको हो । उनको कसरी हत्या गरिएको हो भन्नेबारे पुष्टि भइनसकेको उनले बताए ।  ‘हत्या गरिएका थापाको टाउकोमा गहिरो चोट छ’, प्रहरी नायब उपरीक्षक वलीले भने, ‘केले हत्या गरिएको हो भन्ने केही थाह भएको छैन्, घट्नास्थलमा कुनै हतियार पनि भेटिएको छैन् ।’  अनुसन्धानका क्रममा भएकाले सबै पोष्टमार्टमपछि मात्रै थाह हुने वलीलले जानकारी दिए ।

हत्याको आरोपमा धनगढी उप–महानगरपालिका वडा नम्वर–४ कै आषिश सेठीलाई पक्राउ गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Source annapurnapost

Share