वि.सं.२०७५ साल मंसिर ०२ गते । आईतबार । ईश्वी सन् २०१८ नोभेम्बर १८ तारिख । नेपाल सम्बत् ११३९ ।

वि.सं.२०७५ साल मंसिर ०२ गते । आईतबार । ईश्वी सन् २०१८ नोभेम्बर १८ तारिख । नेपाल सम्बत् ११३९ ।

आजको राशिफल

वि.सं.२०७५ साल मंसिर ०२ गते । आईतबार । ईश्वी सन् २०१८ नोभेम्बर १८ तारिख । नेपाल सम्बत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । कार्तिक शुक्ल पक्ष । तिथि दशमी १० घडी ५२ पला,बिहान १० बजेर ४९ मिनेट उप्रान्त एकादशी । नक्षत्र पूर्वाभाद्रपदा,२१ घडी १३ पला,दिउसो ०२ बजेर ५७ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग हर्षण,२९ घडि ५९ पला,बेलुकी ०६ बजेर २७ मिनेट उप्रान्त वज्र । करण गर,बिहान १० बजेर ४९ मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर २८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा चर योग । चन्द्रराशि कुम्भ,बिहान ०८ बजेर २८ मिनेट उप्रान्त मिन ।  पञ्चक। वलम्बु महालक्ष्मी यात्रा। धादिङमा गंगा-जमुना मेला।

 

काठमाडौंमा सूर्योदय ०६ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २६ घडी ४२ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  बिदेशबाट सञ्चालित सस्थामा काम पाउँने तथा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सकिने समय रहेकोछ । स्वास्थ्य सामान्य समस्या आउँन सक्छ ध्यान दिनुहोला । बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा सुधार भएर जानेछ भने प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ईमान्दारिता पुर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । सरकारि धन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा पतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछन् । चाहको बस्तु तथा मनोकामनाहरु पुरा हुनालेमन प्रफुल्ति हुनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) मान सम्मान तथा ईज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारि सेवामा झन्झटिला प्रक्रिया अबलम्बन गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । राज्जबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परिनेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । बिहानको समय उत्तम रहेकोले अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा लामो दुरिको यात्राको तय हुनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाल ेदिनभर जसो मन शान्त रहनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएरु महत्वपुर्ण काम दिन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले व्यापार व्यावसायमा लगानि गर्न मध्यान्हको समय उपयूक्त रहनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रा सँग सम्बन्धित कार्यहरु हुनेछन् । व्यापार व्यावासायबाट मनग्गे आम्दानि हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवस्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

 

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानि गर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानि गरि बिलाशि बस्तुहरुको उपभोग गर्न पाईनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा  आफु तथा शुभचिन्तकहरु खुसि रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मुद्दा मामिला तथा न्यायिक निकायबाट हुँने निर्णयहरु पछिको लागि सार्नुनै उपयूक्त हुनेछ किनकि आज आउँने फैसला तपाईको पक्षमा हुँने छैन । व्यापार व्यावसायमा समय दिएपनि आम्दानि कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । बिहानको समय राम्रो रहेकोले बौद्धिक क्षमता प्रदशन गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम  गर्न सकिनेछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानि गरि आम्दानि बढाउँन सकिनेछ । आकश्मिक धन तथा सम्पति हात लागि हुँने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे लाभ लिन सकिनेछ भने शेयर बजारमा गरिएको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा  रमाउँने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा साथिभाई सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खोज तथा अनुशन्धानमा उपलब्धिमुलक नतिजा नआएपनि आगामि दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिस सँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाथ लिन सकिनेछ । बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बिद्यार्थीको लागि पढ्ने लेख्ने वाताबरण बनेर आउँनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानि गर्दा घाटा हुँन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनालेदैनिक कामकाज गर्न गाह्रो हुनेछ ।  माया प्रेममा धोमा हुनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् । बिहानको समय उत्तम रहेकोले आफन्त तथा कुटुम्बबाट भनेजस्तो सहयोग पाईने योग रहेकोछ । पढाई लेखाईमा भनजस्तो नतिजा हात लाग्ने हुदा मन खुसि रहनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगति भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । बिद्यार्थिहरुले आफ्नो प्रतिष्पर्धिहरुलाई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यावसायबाट मनग्गे धन सम्पति कमाउँन सकिने हुदा आवस्यक्ताहरु परिपुर्ति हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर खिच्न सकिनेछ । बिहानको समयमा यात्रा सँग सम्बन्धित कामहरु हुनेछन् ।

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

Source ratopati

Share