मल्टिमिडिया अवार्ड जित्दै श्रृंखला मिस वर्ल्डको अन्तिम ३० मा

मल्टिमिडिया अवार्ड जित्दै श्रृंखला मिस वर्ल्डको अन्तिम ३० मा

काठमाडौँ  : मिस नेपाल श्रृंखला खतिवडा चीनको पर्यटकीय सहर सान्यामा जारी मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा प्रवेश गर्न सफल भएकी छन् ।

केन्या र मेक्सिकोका सुन्दरीलाई मल्टिमिडिया अवार्डमा उछिन्दै नेपाली सुन्दरी श्रृंखलाले आफूलाई अन्तिम ३० भित्र पार्न सफल भएकी हुन् ।

हेड टु हेड च्यालेन्जमा सिंगापुरकी सुन्दरीसँग पराजित भएर टप ३० मा पुग्ने अवसर गुमाएकी श्रृंखलालले अन्ततः मल्टिमिडियातर्फ बाजी मार्दै आफूलाई अब्बल सावित गरेकी हुन् ।

हिजो भएको हेड टु हेड च्यालेन्जमा श्रृंखला सिंगापुरकी भेनेसा पहेसँग पराजित भएकी थिइन्। भेनेसाले उत्कृष्ट प्रस्तुति दिएपछि शृङ्खला कमजोर देखिएकी थिइन्। तर उनले मल्टिमिडिया तर्फ अब्बल सावित गर्दै अन्तिम ३० मा स्थान बनाइन् ।

Source annapurnapost
Share